बाबुरामजी र म अलग हुँदा प्रतिगमले टाउको उठाउन खोज्यो : अध्यक्ष दाहाल

बाबुरामजी र म अलग हुँदा प्रतिगमले टाउको उठाउन खोज्यो : अध्यक्ष दाहाल

काठमाडौंः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाबुराम भट्टराई र आफू अलग हुँदा प्रतिगमन टाउको उठाउन खोजेको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष दाहालले आफूहरू अलग हुँदा माओवादीले ल्याएको उपलब्धि धरापमा परेको, देश अराजकतातिर जान खोजेको तथा प्रतिगमनले टाउको उठाउन खोजेको टिप्पणी गरे।

‘बाबुरामजी र मैले बेग्ला बेग्लै प्रयास गर्यौं, उहाँ आफ्नो पार्टी गठनमा लाग्नुभयो। म एमालेसँग एकता गरेर नयाँ प्रयोग गरेँ, दुवैको उद्देश्य पुरा भएन’ उनले भने, ‘हामी अलग अलग प्रयोग गर्न हिँड्दा माओवादीले ल्याएको उपलब्धि धरापमा पर्यो, त्यसैले हामी दुवै पक्षले गम्भीर समीक्षा नगरेर देश अराजकतातिर जाने खतरा महशुस गरेका छौं, हामी अलग हुँदा प्रतिगमनले टाउको उठाउन खोज्यो।’

अध्यक्ष दाहालले आफूहरू एकअर्काको पुरक भएको बताउँदै स्वभाव भने खासै नमिल्ने स्पष्ट पारे।

‘चुनावमा पनि एउटै चिह्नबाट जाने निर्णय गरिसकेका छौँ। यो चुनावको लागि मात्रै होइन। देशलाई फेरि एकपटक समाजवादको नयाँ मोडेल हामीले मात्रै दिन सक्छौँ। परिवर्तनको बहावको टिम भएकाले’, उनले भने, ‘हामीले हिजोपनि एक अर्काको पुरक भएर आन्दोलन। यहाँसम्म ल्याएको हो। तर, बाबुरामजी र मेरो स्वभाव खासै मिल्दैन।’

असोज ८, २०७९ शनिबार १५:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।