न्युरोड जाँदै हुनुहुन्छ ? चार पाङ्ग्रे सवारी लान पाइँदैन है

काठमाडौं: चार पाङ्ग्रे सवारीहरू आजबाट न्युरोड गेटभित्र लान नपाइने भएको छ। आजबाट फूलपातीको दिनसम्म न्युरोड गेटभित्र प्रवेश गर्ने सम्पूर्ण यात्रुवाहक, मालवाहक तथा निजी चार पाङ्ग्रे सवारीहरू खुलामञ्चमा पार्क गर्नुपर्ने भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुञ्जेल चार पाङ्ग्रे सवारी खुलामञ्चमा राख्नुपर्ने उल्लेख गरेको हो।
कार्यालयले चाडपर्वको समयमा न्युरोड क्षेत्रमा हुने सवारी चापलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरेको उल्लेख गरेको छ।
असोज ८, २०७९ शनिबार ०८:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।