लेदोसहितको पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिङ सडक पुनः सञ्चालनमा

लेदोसहितको पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिङ सडक पुनः सञ्चालनमा

काठमाडौं: पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिङ सडक पुनः सञ्चालन भएको छ। गए राति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान ६ः३० बजेदेखि सडक सञ्चालन भएको हो। अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। रातभर सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको चाप बढी भएकाले लेन अनुशासन पालना गरेर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ।

चाडपर्व नजिकिएका कारण पनि नारायणगढ–मुग्लिङ सडकमा सवारी साधनको चाप बढी छ। यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौँ पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।

असोज ८, २०७९ शनिबार ०७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।