शनिबारको मौसम: बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा अत्यधिक वर्षा हुने

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही प्रदेशका केही स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। भारतको उत्तर प्रदेशमा पनि न्यून चापीय क्षेत्र अवस्थित रहेको छ।
यतिबेला लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू-भागमा सामान्यदेखि पुर्ण बदली रहेको छ। बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।
लम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो बागमती ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
बागमती ,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना छ।
आज राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेको छ।
असोज ८, २०७९ शनिबार ०७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।