अस्ट्रेलियाले दियो ९१ रनको लक्ष्य, भारतको आक्रमक सुरुवात

काठमाडौंः भारतविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा अस्ट्रेलियाले ९१ रनको लक्ष्य दिएको छ।
भारतको नागपुरस्थित भिदर्भ क्रिकेट एशोसियसन स्टेडियममा वर्षाका कारण ८ ओभरमा झारिएको खेलमा अस्ट्रेलियाले टस हारेर पहिला ब्याटिङमा तानिएको थियो। उसले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९० रन बनायाे।
अस्ट्रेलियाका लागि म्याथू वेडले नटआउट ४३ रन बनाउँदा एरोन फिन्च ३१ रन बनाएर आउट भए। स्टिभेट स्मिथ ८ रनमा आउट भए।
बलिङतर्फ भारतका अक्षर पटेलले दुई तथा जस्प्रित बुम्राहले एक विकेट लिए।
भारतले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। भारतले आक्रामक सुरुवात गरेको छ। दुई ओभरको खेल सकिँदा उसले ३० रन पार गरिसकेको छ।
यसअघि भएको सिरिजको पहिलो खेलमा अस्ट्रेलिया चार विकेटले पराजित भएको थियो। भारत सोही हारको बदला लिन चाहन्छ।
तेस्रो तथा अन्तिम टी–ट्वान्टी आइतबार हुनेछ।
असोज ७, २०७९ शुक्रबार २२:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।