हेटौंडामा पौडी खेल्ने क्रममा बगाएका तीन बालकको मृत्यु

हेटौंडामा पौडी खेल्ने क्रममा बगाएका तीन बालकको मृत्यु
तस्बिर- श्रीराम अर्जुन

हेटौंडाः हेटौंडामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा तीन बालकको मृत्यु भएको छ।

हेटौंडाको न्यूरेनीस्थित कर्रा खोलामा डुबेर उनीहरूको मृत्यु भएको हो।

अपराह्न पौडी खेल्ने क्रममा बेपत्ता तीन बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए।

पौडी खेल्ने क्रममा बेपत्ता भएका हेटौंडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही ठाउँका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको शव फेला परेको हो।

पौडी खेल्ने क्रममा खोलाले चारजनालाई बगाएकामा एकजना भने पौडी खेलेर बाहिर निस्किएको घिमिरेले बताए।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

असोज ७, २०७९ शुक्रबार २१:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।