भाटभटेनी सुपर मार्केटमा नेपाल पेको क्यूआर स्क्यान सेवा सुरु

काठमाडौंः नेपालको सबैभन्दा ठूलो रिटेल चेन भाट–भटेनी सुपरमार्केटमा नेपालपेको क्यूआर स्क्यान सेवा सुरु भएको छ।
शुक्रबारबाट नेपालपे क्यूआरलाई ग्राहकले नेपाल पेको सेवा जोडिएका कुनै पनि मोबाइल बैंकिङ्ग, वालेट अथवा कनेक्ट आइपीएस मार्फत स्क्यान गरी भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ।
हाल यो सुविधा एभरेस्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेल पे, मोरु गरी १२ वटा मोबाइल बैंकिङ्ग, २ वटा वालेट र कनेक्ट आइपीएस मोबाइल एपमा उपलब्ध छ।
असोज ७, २०७९ शुक्रबार १९:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।