आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गर्दा १ लाख जित्ने मौका

काठमाडौंः आइएमई पे र फोन पेबीच समझदारी भएको छ।
सम्झौता पत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराई र फोनपेका तर्फबाट बिज्नेस डेव्लप्मेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरे।
सम्झाैतापछि क्युआर स्क्यानमा १ लाख रूपैयाँसम्म जित्न सकिने अवसर हुनेछ भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरको पनि व्यवस्था मिलाइएको छ।
चाडपर्वको अवसर पारेर फोनपेले दशैंमा १० दिनको र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको छ। जसमार्फत प्रयोगकर्ताले हरेक दिन आइएमई पे मार्फत फोनपे क्यूआर स्क्यान गरेर भुक्तानी गर्दा १ लाख रूपैयाँ जित्ने मौका पाउनेछन्।
समझदारीले प्रयोगकर्तालाई चाडपर्वको किनमेल गर्न सहजता पु¥याउनुका साथै नयाँ डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिने दुवै कम्पनीको विश्वास छ।
असोज ७, २०७९ शुक्रबार १९:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।