घोषणा पत्र तयारीका लागि सुझाव दिन कांग्रेसको सार्वजनिक अपील

घोषणा पत्र तयारीका लागि सुझाव दिन कांग्रेसको सार्वजनिक अपील

काठमाडौंः नेपाली कांग्रेसले घोषणाा पत्र तयारीका लागि सुझाव दिन सार्वजनिक अपील गरेको छ।

घोषणापत्र तयारी समितिले शुक्रबार सार्वजनिक सूचना निकालेर स्वेदश तथा विदेशहमा रहने कांग्रेसका सदस्य, समर्थक, शुभेच्छुक र आलोचक तथा सबै नेपालीसँग सुझाव दिन अपील गरेको हो।

टेलिफोन, ह्वाट्स एप, भाइबर, इमो, ईमेल, ट्वीटर, फे्सबुक र क्यूआरकोड स्क्यान सुझाव दिन सकिनेछ।

विभिन्न माध्यमबाट प्राप्त सुझावलाई समितिले संग्रह गरेर उपयुक्त सुझावलाई घोषणापत्रमा समेटिने समिति सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए।

असोज ७, २०७९ शुक्रबार १८:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।