पुरानाे बसपार्कमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

पुरानाे बसपार्कमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौं : काठमाडौंका पुरानो बसपार्कमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ।

बागमती प्रदेश–०२–०२८ प ७००२ नम्बरको  मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही पुतलीसडक घर भएका ६७ वर्षीय शुधन कुमार तन्डुकारको शुक्रबार बिहान मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते उनको राष्ट्रिय ट्रमा सेन्टर हुँदै ग्राण्डी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने आवश्यक अनुसन्धान भइरहेको छ।

असोज ७, २०७९ शुक्रबार १८:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।