दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापन गर्न ६ सदस्यीय समिति गठन

काठमाडौंः सरकारले चाडपर्वको बेलामा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशन समेत दिनेगरी समिति गठन गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्व नजिकिएका बेलामा भइरहेका सडक दुर्घटना तत्काल न्यूनिकरणका लागि आवश्यक निर्देशनसमेत दिन सक्नेगरी समिति बनाउनु पर्ने प्रस्ताव गरेका थिए।
मन्त्रिपरिषद् बैठकमा गृह प्रवक्ता पोखरेलको संयोजकत्वमा काठमाडौं उपत्यका टा«फिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मिरा चौधरी, यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डे, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, नेपाल प्रहरी ट्राफिक निर्देशनालयका प्रहरी नायब महानिरीक्षक बसन्त कुँवर र यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वार सदस्य रहेको समिति बनाएको हो।
समितिले सडक दुर्घटना न्यूनिकरणका लागि के गर्नुपर्छ ? सार्वजनिक यातायातको व्यवस्थापन कसरी गर्ने ? आम नागरिकलाई सहरबाट गाउँ–गाउँसम्म कसरी सुरक्षित रूपमा पुर्याउने भन्नेबारेमा अध्ययय गरी सम्बन्धित निकायलाई कार्यान्वयका लागि निर्देशन दिनेछ।
असोज ७, २०७९ शुक्रबार १५:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।