एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट स्मार्ट क्युआर भुक्तानी सुरू

काठमाडौंः एनआईसी एशिया बैंकका ग्राहकले मोबाइल बैंकिङ्गको प्रयोग गरेर स्मार्ट क्युआरमार्फत भुक्तानी गर्न पाउने भएका छन्।
बैंकका १४ लाखभन्दा बढी मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताले क्युआर भुक्तानी गर्ने विकल्प छनोट गरि स्मार्ट क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने भएका हुन्।
यो सुविधा सुरु भएसँगै बैंकको मोबाइल बैंकिङ्ग सेवामा नयाँ आयाम थपिएको बैंकको विश्वास छ।
साथै स्मार्ट क्यूआर मार्फत भुक्तानी लिने व्यवसायीलाई पनि एनआइसी एशिया बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्तासँग भुक्तानी लिन सहज भएको छ।
असोज ७, २०७९ शुक्रबार १४:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।