४८ वर्षीया महिला बलात्कारको अभियोगमा १८ वर्षीय किशोर पक्राउ

कञ्चनपुरः ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय किशोर पक्राउ परेका छन्।
भिमदत्त नगरपालिका–१० गज्जरकी महिलालाई बलात्कारको अभियोगमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
किशोरले ती महिलालाई खेतमा जबरजस्ती करणी गरेको वडा प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
असोज ७, २०७९ शुक्रबार १४:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।