कैलाली र गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं: गोरखाको अजिरकोट गाउँपालिका- २ वालाङमा गए राति ट्र्याक्टर अनियन्त्रित भई भीरमा खस्दा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरान्चोक- ४ छोप्राकका २७ वर्षीय विक्रम श्रेष्ठ रहेका छन्।
गए राति साढे ११ बजे ग१त ४५७४ नम्बरको सिमेन्ट लोड भएको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरी चौकी भच्छेक गोरखाले जनाएको छ।
यस्तै कैलालीको धनगढी उपमहानगरपालिका- १६ उल्टापानीमा पनि गए राति ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय हरिप्रसाद चौधरी रहेका छन्।
धनगढीबाट घोराहीतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर गए राति साढे ९ बजे अनियन्त्रित भई नालामा पल्टिएको थियो। चालक चौधरीको घटनास्थलमै मृत्यु भएको अस्थायी प्रहरी पोष्ट बेहडाबा कैलालीले जनाएको छ।
असोज ७, २०७९ शुक्रबार १२:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।