भारत र अष्ट्रेलियाबीचको दोस्रो टी ट्वेन्टी आज, सिरिज बराबर गर्ने मौका

काठमाडौं: भारत र अष्ट्रेलियाबीच जारी टी ट्वेन्टी क्रिकेट श्रृङ्खलामा आज दोस्रो खेल हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७:१५ बाट सुरु हुनेछ।
यसअघिको पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको थियो। भारतले दिएको २०८ रनको विशाल लक्ष्य अष्ट्रेलियाले १९ ओभर २ बलमा पूरा गरेको थियो।
तीन खेलको श्रृङ्खला भएकाले आज अष्ट्रेलियाले जितेमा सिरिज कब्जा गर्नेछ। यस्तै भारतले जितेमा सिरिज बराबरी हुनेछ र विजेताका लागि तेस्रो खेल पर्खनुपर्नेछ।
अर्को महिना अष्ट्रेलियामा हुन गइरहेको टी ट्वेन्टी विश्वकपको लागि यो श्रृङ्खलालाई महत्त्वपूर्ण तयारीका रूपमा हेरिएको छ।
असोज ७, २०७९ शुक्रबार १२:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।