गोठमा लुकाएर राखेको तीन थान भरुवा बन्दुक बरामद, तीन जना पक्राउ

गोठमा लुकाएर राखेको तीन थान भरुवा बन्दुक बरामद, तीन जना पक्राउ

गोरखा: अवैध हातहतियारसहित प्रहरीले गोरखाबाट तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–१ का ५३ वर्षीय सीताबहादुर घले, ६० वर्षीय माइला घले र वडा नं २ का २६ वर्षीय कृष्णप्रसाद घले रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार गोठमा लुकाइराखेको अवस्थामा फरक–फरक स्थानबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको हो। ईलाका प्रहरी कार्यालय जौवारीको टोलीले तीनै जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका सीताबहादुरको घरबाट एकनाले सर्ट गनसहित त्यसमा प्रयोग हुने गोली २४ थान र ३४ थान गोलीको खोका बरामद भएको लामिछानेले बताए। अन्य दुई जना माइला घले गोठबाट र कृष्णप्रसादको घरबाट बन्दुकसहित पक्राउ परेका हुन्।

असोज ७, २०७९ शुक्रबार ११:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।