जुरिखेतमा दुर्घटनामा मृत्यु भएका सातमध्ये ६ जनाको सनाखत

जुरिखेतमा दुर्घटनामा मृत्यु भएका सातमध्ये ६ जनाको सनाखत
तस्बिर: सामाजिक सञ्जाल

काठमाडौं: हेटौंडा-कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा बिहीबार मिनीबस दुर्घटनामा मृत्यु भएका सातमध्ये ६ जनाको सनाखत भएको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार मृत्यु हुनेमा बाराको जितपुर सिमरा नगरपालिका–२४ का २५ वर्षीय शेख अरमान, मकवानपुरको मकवानपुरगढी–३ का ४३ वर्षीय मदन विश्वकर्मा, वीरगञ्ज महानगरपालिका–३१ का ४५ वर्षीय हृदयनारायण पञ्जियार, भारत बिहारको मोतिहारीका २५ वर्षीय शरदनारायण शर्मा, नुवाकोटका ३४ वर्षीय रघुराज नेउपाने र बाराको झिटकैया–४ का ३३ वर्षीय अन्जुलाहा मियाँ ठकुराइ रहेका छन्।

बाँकी मृतक एक जनाको सनाखत हुन बाँकी छ।

गम्भीर घाइते भएका चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनामा अन्य २१ घाइतेको हेटौंडा अस्पतालमा उपचार हुँदैछ। 

असोज ७, २०७९ शुक्रबार १०:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।