सशस्त्र प्रहरीले माग्यो ७९ इन्स्पेक्टर र ८३ असई, कात्तिक ७ भित्र दरखास्त हाल्नुपर्ने

सशस्त्र प्रहरीले माग्यो ७९ इन्स्पेक्टर र ८३ असई, कात्तिक ७ भित्र दरखास्त हाल्नुपर्ने
तस्बिर: सशस्त्र प्रहरी बलको फेसबुक

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालले भर्ना खुलाएको छ। आज एक सूचना जारी गर्दै सशस्त्रले इन्स्पेक्टर (सशस्त्र प्रहरी निरीक्षक) र असई (सशस्त्र प्रहरी सहायक निरीक्षक) मा भर्ना खुलाएको छ।

सूचनाअनुसार ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), आठ सशस्त्र प्रहरी निरीक्षक (कानूनतर्फ) र ८३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो।

दरखास्त हाल्ने अवधि कात्तिक ६ गतेसम्मको छ।

सशस्त्र प्रहरीका बाहिनी मुख्यालय तथा प्रधान कार्यालय हल्चोकसहित देशभरका सात स्थानबाट दरखास्त हाल्न पाइनेछ। इन्स्पेक्टरको लागि दरखास्त बुझाउँदा एक हजार रुपैयाँ दस्तुर बुझाउनु पर्नेछ। यस्तै असईको लागि तीन सय रुपैयाँ दस्तुर बुझाउनु पर्नेछ।

असोज ७, २०७९ शुक्रबार ०९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।