शुक्रबारको मौसम: सुदूरपश्चिमका एक-दुई स्थानमा अत्यधिक वर्षा हुने

शुक्रबारको मौसम: सुदूरपश्चिमका एक-दुई स्थानमा अत्यधिक वर्षा हुने

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशको सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भीषण वर्षा हुने जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।

यतिबेला प्रदेश १, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

आज राति देशका तराई भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

असोज ७, २०७९ शुक्रबार ०७:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।