
बिहीबार ०१ साउन, २०८२
६६ जनामा कोरोना पुष्टि

काठमाडौंः नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
३ हजार २६२ जनामा गरिएको परीक्षणमा ६६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३७ जना संक्रमणमुक्त भए।
देशभर १ हजार ४०५ जना सक्रिय संक्रमित छन्। कोरोनाकै कारण पछिल्लो २४ घण्टामा देशमा कसैको पनि ज्यान गएको छैन।
असोज ६, २०७९ बिहीबार १७:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।