विवेकशील साझा पार्टीको प्रवक्तामा प्रकाशचन्द्र परियार

काठमाडौंः विवेकशील साझा पार्टीले प्रवक्तामा पार्टीका संस्थापक नेता प्रकाशचन्द्र परियारलाई नियुक्त गरेको छ।
पार्टीको संचार तथा सूचना प्रविधि विभाग प्रमुख समेत रहेका नेता परियारलाई पार्टीको विधानअनुसार प्रवक्तामा नियुक्त गरिएको अध्यक्ष समिक्षा बास्कोटाले जानकारी दिइन्।
सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा समेत क्रियाशील परियार एक दशकसम्म कान्तिपुर टेलिभिजनमा सामाजिक मामिला तथा राजनीतिक विषयमा पत्रकारिता गरेका थिए।
उनले आमसंचारमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट पत्रकारिता र अष्ट्रेलियावाट नेतृत्व विकासको तालिम लिएका छन्।
असोज ६, २०७९ बिहीबार १६:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।