बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली घोषणा, आशिष र ऋतिकले डेब्यु गर्दै

बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली घोषणा, आशिष र ऋतिकले डेब्यु गर्दै

काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले भदौ ११ गते हुने बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अन्तिम टोली घोषणा गरेका छन्।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा हुमागाईंले टोलीको घोषणा गरेका हुन्।

राष्ट्रिय टोलीका लागि पहिलो पटक आशिष चौधरी र ऋतिक खड्कालाई बोलाइएको छ।

खेल दशरथ रंगशालामा भदौ ११ गते साँझ साढे ५ बजे सुरु हुने एन्फाले जनाएको छ। एन्फाले यसका लागि सामान्य प्याराफिटतर्फ ५ सय र भीआईपी प्याराफिटतर्फ १ हजार रूपैयाँ टिकट मूल्य तोकेको छ।

यस्तो छ टिमः

गोलकिपरः किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल, रेजिन ढिनाल

मिडफिल्डरः सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज जेउ ठकुरी, अरिक विष्ट

फरवार्डः विमल घर्ती मगर, अन्जन विष्ट, ऋतिक खड्का, मनिष डाँगी, आशिष चौधरी

असोज ६, २०७९ बिहीबार १६:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।