शेयर बजारमा ९ अंकको गिरावट, कारोबार ६५ करोडको मात्र

शेयर बजारमा ९ अंकको गिरावट, कारोबार ६५ करोडको मात्र

काठमाडौंः कारोबार हुने साताको पाँचौं दिन शेयर बजारमा ९ अंकको गिरावट आएको छ।

बिहीबार नेप्से ९.८३ अंकले ओरालो लागेर १८३८.९६ विन्दुमा झर्दा सेन्सेटिभ परिसूचक १.४५ अंकले घटेर ३५९.४३ विन्दुमा झरेको छ।

बजार घटेसँगै कारोबार रकम पनि व्यापक घटेको छ। यसदिन २२९ कम्पनीको २५ लाख ४२ हजार ८९९ कित्ता शेयर ६५ करोड ५७ लाख रूपैयाँमा कारोबार भएको छ।

उपसूचक समूह सबै राताम्मे भएका छन्। सबैभन्दा बढी फाइनान्स समूह १.५६ प्रतिशत घट्दा सबैभन्दा कम बैंक समूह ०.०२ प्रतिशतले घटेको छ।

यस दिन साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।

असोज ६, २०७९ बिहीबार १५:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।