टेलिकमले नौ स्थानबाट इ–सिम वितरण गर्ने

टेलिकमले नौ स्थानबाट इ–सिम वितरण गर्ने

काठमाडौैंः नेपाल टेलिकमले ९ स्थानबाट इ–सिम वितरण गर्ने भएको छ।

यसअघि सुन्धाराबाट मात्र वितरण गरिएको इ–सिम अब उपत्यकाका विभिन्न ९ ठाउँबाट वितरण गर्न लागिएको हो।

टेलिकमले अब ग्राहक सेवा केन्द्रहरू सुन्धारा, नक्शाल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालयहरू लगायत ग्राहक सेवा केन्द्र पुल्चोकबाट पनि माग बमोजिम वितरण गर्न थालेको हो।

सुन्धारामा भीड बढेको र इ–सिमप्रति ग्राहकको रुचि र मागलाई मध्यनगर गर्दै सेवा विस्तार गरिएको टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले जानकारी दिए।

हाल सञ्चालनमा रहेका प्रिपेड वा पोस्टपेड ग्राहकले निःशुल्क रूपमा इ–सिममा अपग्रेड गर्न पाउनेछन् भने पोस्पेट ग्राहकले अहिलेको मूल्यमा इ–सिम प्राप्त गर्नेछन्।

असोज ६, २०७९ बिहीबार १४:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।