इलाममा खुकुरी प्रहार गरी पुरुषको हत्या, तीन जना पक्राउ

इलामः एक पुरुषको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
चुलाचुली गाउँपालिका–५ पुकुवामा झापा दमक नगरपालिका–३ बेल्डागी क्याम्प बस्ने ४४ वर्षीय एलबी गुरुङको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ईलाम चुलाचुली गाउँपालिका–४ तुम्ररुक टोल बस्ने २४ वर्षीय झ्याम्ले राई समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।
झ्याम्ले समेतका ५–७ जनाले खुकुरी प्रहार गर्दा एलबी गुरुङ गम्भीर घाइते भएको प्रहरी चौकी पेल्टिमारीले जनाएको छ।
गुरुङलाई उपचारको लागि लाईफलाईन अस्पताल दमक हुँदै बी एण्ड सी अस्पताल बिर्तामोड लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
घटनामा संलग्न रही हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
असोज ६, २०७९ बिहीबार १४:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।