पूर्व प्रहरी महानिरीक्षक खनाल र स्वतन्त्र उम्मेदवारी दिने भनेका मियाँ एमाले प्रवेश

काठमाडौं: नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गरेका छन्। एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाललाई एमालेमा भित्र्याएका हुन्।
यसअघि खनाललाई सांसद अपहरण गरेको आरोप लागेको थियो। ओलीकै निर्देशनमा उनी प्रधानमन्त्री रहेका बेला खनालले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको उनीमाथि आरोप छ।
खनालसँगै अब्दुस मियाँ पनि एमालेमा भित्रिएका छन्। यसअघि मियाँले काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिने भनेका थिए।
उनी विवेकशील साझा पार्टीका पूर्व कार्यकर्ता समेत हुन्। ३० वर्षीय मियाँ केही समय विवेकशील साझा पार्टीको युवा भ्रातृ संगठनको अध्यक्ष समेत भएका थिए।
पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल लगायतका नेताहरूको उपस्थिति थियो।
असोज ६, २०७९ बिहीबार १३:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।