निर्वाचन आयोगद्वारा निर्वाचन अधिकृतहरू नियुक्त, असोज ११ गतेदेखि लागू हुने

निर्वाचन आयोगद्वारा निर्वाचन अधिकृतहरू नियुक्त, असोज ११ गतेदेखि लागू हुने

काठमाडौं: निर्वाचन आयोगले मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ। आयोगले आज १६५ वटै निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको हो।

जसमध्ये ७७ वटै जिल्लाका जिल्ला न्यायाधीशहरूलाई सम्बन्धित जिल्लाकै मुख्य निर्वाचन अधिकृत बनाइएको छ। यस्तै नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत कर्मचारीहरू निर्वाचन अधिकृतको पदमा नियुक्त भएका छन्।

न्याय परिषद्को सिफारिस नियुक्त भएका उनीहरूको नियुक्ति असोज ११ गतेदेखि लागू हुनेछ। यस्तै उनीहरूलाई १२ र १३ गते अनिवार्य निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पनि आयोगले सूचना जारी गरेको छ।

असोज ६, २०७९ बिहीबार १०:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।