पाकिस्तान र इङ्ग्ल्याण्डबीचको दोस्रो टी ट्वेन्टी आज, घरेलु मैदानमा हारको बदला लिने अवसर

काठमाडौं: पाकिस्तान र इङ्ग्ल्याण्डबीच जारी टी ट्वेन्टी श्रृङ्खलाअन्तर्गत आज दोस्रो खेल हुँदैछ। सात खेलको श्रृङ्खलामा यसअघि पहिलो खेलमा इङ्ग्ल्याण्ड विजयी भएको थियो।
आज नेपाली समयअनुसार खेल राति ८:१५ बाट सुरु हुनेछ। १७ वर्षपछि पाकिस्तानको मैदानमा खेलिरहेको इङ्ग्ल्याण्डले प्रमुख खेलाडीहरूबिनै पहिलो खेलमा जित हात पारेपछि यतिबेला पाकिस्तानमाथि दबाब छ। आजको खेलमा पाहुना टोलीलाई हराउने अवसर समेत पाकिस्तानसँग रहेको छ।
यता लगातार दोस्रो जित निकाल्दै इङ्ग्ल्याण्ड पाकिस्तानलाई थप दबाबमा राख्न चाहन्छ।
आउँदो महिना हुन गइरहेको टी ट्वेन्टी विश्वकपको तयारी समेत मानिएको यो श्रृङ्खलालाई दुवै टोलीले महत्त्वपूर्ण मानेका छन्।
असोज ६, २०७९ बिहीबार १०:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।