बसको ढोकाबाट परिचालक खस्दा घटनास्थलमै मृत्यु

काठमाडौं: नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका- १२ भुमही चोकमा हिजो साँझ बसको ढोकाबाट खसेर परिचालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दघाट नगरपालिका- ११ धनेवाका ३३ वर्षीय उमेश चौधरी रहेका छन्।
बुटवलबाट बर्दघाटतर्फ आउँदै गरेको लु१ख ७३७७ नम्बरको माइक्रो बसको ढोकाबाट हिजो साँझ सवा ६ बजे चौधरी खसेका थिए। बससहित चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ।
असोज ६, २०७९ बिहीबार ०८:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।