लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अत्यधिक वर्षा हुने

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अत्यधिक वर्षा हुने

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अत्यधिक वर्षा हुने जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ।

यतिबेला प्रदेश १, मधेश, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको पनि सम्भावना छ।

आज राति सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको पनि सम्भावना छ।

असोज ६, २०७९ बिहीबार ०७:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।