निजी हवाई कम्पनीहरू रामेछाप–लुक्ला उडान सुरु गर्दै

निजी हवाई कम्पनीहरू रामेछाप–लुक्ला उडान सुरु गर्दै

काठमाडौं: निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीहरूले रामेछाप–लुक्ला उडान सुरु गर्ने भएका छन्। तारा एयर, सीता र समिट एयरले असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ।

विकट गन्तव्य उडान गर्दै आएका यी वायुसेवा कम्पनीले अन्तर प्रादेशिक उडान विस्तार गर्ने भएका छन्। रामेछाप–लुक्ला गन्तव्य उडानमा विदेशीका लागि एक सय ५७ अमेरिकी डलर, भारतीयका लागि रु १२ हजार दुई सय ७५, नेपालीका लागि रु पाँच हजार दुई सय ८० र स्थानीय यात्रु चार्टर उडानका लागि प्रतिव्यक्ति रु सात हजार ५० भाडादर लागू हुने बताइएको छ।

असोज ५, २०७९ बुधबार १३:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।