नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको गठबन्धनको ठहर

काठमाडौं: सत्ता गठबन्धनको आजको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको ठहर गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनबाट पारित भएको विधेयक प्रमाणीकरण नगरेर संविधानमाथि अपमान गरेको गठबन्धनको निष्कर्ष छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले आजै संयुक्त विज्ञप्ति जारी गर्ने पनि तय गरेको छ। राष्ट्रपतिले आफूसँग नभएको अधिकार प्रयोग गरेकाले यसलाई गम्भीररूपमा लिएको गठबन्धन दलका नेताले बताएका छन्।
गत भदौ २० गते सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीकोमा प्रमाणीकरणका लागि विधेयक पठाएका थिए। तर हिजो मध्यरातिसम्ममा प्रमाणीकरण गर्नुपर्ने विधेयक प्रमाणीकरण नहुँदा स्वतः निष्क्रिय भएको छ।
असोज ५, २०७९ बुधबार १२:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।