तोलामा पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी १० ले

तोलामा पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी १० ले

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा पाँच सय रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० कायम भएको छ। यस्तै तेजाबी सुन तोलामा ९० हजार ८०० सय रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य पनि १० रुपैयाँ प्रतितोलाले ओरालो लागेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार १७० रुपैयाँ कायम भएको छ।

असोज ५, २०७९ बुधबार १२:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।