कमेडियन राजु श्रीवास्तवको निधन

एजेन्सी : भारतीय कमेडियन राजु श्रीवास्तवको मृत्यु भएको छ। एक्सरसाइज गर्ने बेलामा ह्रदयघात भएर ४२ दिनदेखि उनी उपचाररत थिए।
बुधवार एम्स अस्पतालमा उनको निधन भएको हो। बेहोस भएका उनी लामो समयसम्म होसमा आएका थिएनन्। होसमा त आए तर यात्रा लामो हन सकेन।
ट्रेडमिलमा दौडँदा छातीमा दुखाई भएपछि उनी अस्पताल भर्ना भएका थिए। भेन्टिलेटरमा राखेर उपचार भइरहेका राजुलाई सङ्क्रमण भएपछि उनको मृत्यु भएको बताइएको छ।
असोज ५, २०७९ बुधबार ११:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।