राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्ता गठबन्धन रणनीतिक छलफलमा

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्ता गठबन्धन रणनीतिक छलफलमा
फाइल तस्बिर

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि आगामी कदमबारे छलफल गर्न सत्ता गठबन्धन दलको बैठक हाल बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू उपस्थित छन्। 

प्रतिनिधि सभा र राष्ट्रिय सभाले दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई हिजो मध्यरातिसम्मको समय सीमा थियो। तर राष्ट्रपतिले प्रमाणीकरण नगर्दा विधेयक स्वतः निष्क्रिय भएको छ।

राष्ट्रपतिको यो कदमपछि अब के गर्ने भन्ने रणनीतिक छलफल गर्न गठबन्धनको बैठक बसेको हो। बैठकमा यसबारे गम्भीर समीक्षा हुने बताइएको छ।

राष्ट्रपतिको यस कदमले एकातर्फ संवैधानिक संकट उत्पन्न भएको भन्दै राजनीतिक वृत्तमा आलोचना भइरहेको छ भने अर्कोतर्फ सामाजिक सञ्जालमा भने यस कदमको स्वागत गरिएको छ।

असोज ५, २०७९ बुधबार १०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।