पोखरामा सडकको डिभाइडरमा स्कुटर ठोकिँदा बाबुको मृत्यु, छोरी घाइते

पोखरा: गए राति पोखरा महानगरपालिका- २५ हेम्जा हनुमानटोलमा स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिँदा चालकको मृत्यु भएको छ। यस्तै पछाडि सवार एक किशोरी घाइते भएकी छिन्।
गए राति ८ बजे नौडाँडाबाट पोखरा जाँदै गरेको ग२२प ५३७० नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई डिभाइडरमा ठोकिएको थियो। दुर्घटनामा घाइते भएका दुवैलाई उपचारको लागि फिस्टेल अस्पताल लगिएकोमा उपचारकै क्रममा चालक तँनहुको व्यास नगरपालिका- १ दमौलीका ५० वर्षीय बलबहादुर राईको मृत्यु भएको छ।
यस्तै पछाडि सवार उनकै छोरी १५ वर्षीया सोनी राइको उपचार भइरहेको वडा प्रहरी कार्यालय बगर कास्कीले जनाएको छ।
असोज ५, २०७९ बुधबार ०९:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।