डेंगुले सताएको भन्दै प्रधानमन्त्री दुखी, स्वास्थ्यमन्त्री भन्छन्, ‘डाक्टरलाई गाउँ पठाउन सकिएन’

डेंगुले सताएको भन्दै प्रधानमन्त्री दुखी, स्वास्थ्यमन्त्री भन्छन्, ‘डाक्टरलाई गाउँ पठाउन सकिएन’

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी पूर्णरूपमा नसकिँदै फेरि डेंगुले सताउन थालेको भन्दै दुःख व्यक्त गरेका छन्।नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेशनल हेल्थ समिट–२०२२) को उद्घाटन कार्यक्रममा बोल्दै उनले कोरोना तथा डेंगु जस्ता संक्रमणको महामारीबाट जोगाउन सरकार निरन्तर लागिपरेको पनि बताए।

त्यसैगरी कोरोना महामारीको समयमा नेपाल चिकित्सक संघले खेलको भूमिकाको उनले प्रशंसा समेत गरे।

कार्यक्रममा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले दुर्गमका जिल्लाहरूमा चिकित्सक पठाउन नसकेकोप्रति चिन्ता व्यक्त गरे। उनले भने, ‘डाक्टर गाउँ जान मान्नु हुन्न। गाउँबाट डाक्टर पठाइदिनु भन्ने दबाब हामीलाई आउँछ।’

असोज ५, २०७९ बुधबार ०८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।