नेपालको मौसममा ओडिसा र पश्चिम बङ्गाल आसपासको न्यून चापीय क्षेत्रको प्रभाव: यी प्रदेशमा हुँदैछ भीषण वर्षा

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न प्रदेशमा भीषण वर्षा हुँदैछ। हाल नेपालमा ओडिसा र पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ।
यतिबेला बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली भई केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली भई एक-दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना छ।
आज राति प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भीषण वर्षाको समेत सम्भावना छ।
असोज ५, २०७९ बुधबार ०७:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।