राष्ट्रपतिद्वारा संविधान उल्लंघन, नागरिकता विधेयक प्रमाणीकरण भएन

राष्ट्रपतिद्वारा संविधान उल्लंघन, नागरिकता विधेयक प्रमाणीकरण भएन

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण गर्न अस्वीकार गरेकी छिन्। मंगलबार मध्यरातिसम्म रहेको विधेयक प्रमाणिकरण गर्ने समयमा त्यसमाथि कुनै निर्णय नगरेकी हुन्।

नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्थाको उल्लंघन गरेकी छिन्।

भण्डारी समक्ष दोस्रोपटक प्रमाणिकरणका लागि नागरिकता विधेयक पेश भएको मंगलबार १५ दिन पुगेको थियो। सन्देसहित फिर्ता पठाएको विधेयकलाई संसदले जस्ताको त्यस्तै वा संशोधनसहित पुनः प्रमाणिकरणका लागि पठाएको अवस्थामा १५ दिनभित्र प्रमाणिकरण गर्नैपर्ने जिम्मेवारी राष्ट्रपतिलाई छ।

संविधानको धारा ११३ (४) ले पुनःविचारका लागि फिर्ता पठाएर फेरि प्रमाणिकरणका लागि पेश भएको विधेयक रोक्ने संवैधानिक अधिकार राष्ट्रपतिलाई छैन।

संविधानको उक्त धारामा भनिएको छ, ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रुपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको पन्ध्र दिनभित्र राष्ट्रपतिले प्रमाणिकरण गर्नेछ।’

राष्ट्रपति भण्डारीले धारा ११३ (४) मात्रै उल्लंघन गरेकी छैनन्। उनले धारा ६१ (४) को समेत ठाडो उल्लंघन गरेकी छिन्।

असोज ५, २०७९ बुधबार ००:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।