स्थानीयलाई मन्त्री चौधरीको आग्रह– ‘काम भए/नभएको निगरानी गर्नुस्’

काठमाडौंः शहरी विकास मन्त्री मेटमणि चौधरीले समयका काम भए/नभएको निगरानी गर्न जनतालाई आग्रह गरेका छन्।
लमजुङको सत्रसय–दुराडाँडा–अर्चल्यानी सडक स्तरोन्नत्ति कार्यक्रमको शिलान्यास पछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले सडकको काम समयमा भए/नभएको निगरानी गर्न आग्रह गरेका हुन्।
‘हामी यो सडकलाई कालोपत्रे गर्छौं,’ उनले भने, ‘काम समयमा हुन्छ कि हुँदैन भनेर तपाईंहरूले निगरानी गर्नुस्।’
शहरी मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले सडक विकासका लागि नियमित बजेटको व्यवस्था गरिने प्रतिबद्धता जनाए। त्यसैगरि सहरी विभागका उपमहानिर्देशक नारायण भण्डारीले सडक विस्तार सँगै जनताको आय आर्जन बढ्ने धारणा राखे।
५१ करोड ९५ लाख ९३ हजार ९९ लागत अनुमान गरिएको उक्त सडकको कुल लम्बाई १५.०२ कि. मि. हुने छ भने सडकको चौडाइ ७.० मि (डे«न बाहेक) र कालोपत्रेको चौडाई ५.५ हुने जनाइएको छ।
त्यसैगरि सहरी मन्त्री चौधरीले तनहुँको व्यास न.पा. मानुङ्गमा निर्मित पर्यटकीय मार्गको उद्घाटन समेत गरेका छन्। उक्त सडकको कुल लागत ७ करोड ३ लाख १३ हजार ३८९ रहेको छ भने सडकको लम्बाई ४.६ कि.मी. रहेको छ।
असोज ४, २०७९ मंगलबार २१:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।