सत्ता गठबन्धनको ८० प्रतिशत सिट बाँडफाँटमा सहमति

काठमाडौंः सत्ता बाँडफाँटको सिट टुङ्गो लगाउन गठन भएको कार्यदलको बैठकमा ८० प्रतिशत सिटमा सहममित जुटेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १६५ सिटमध्ये ८० प्रतिशतमा सिटमा सहमति गरेको कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
उनले बुधबार विहान ८ बजे बस्ने बैठकमा थप छलफल गरेर सहमति गरिने पनि जानकारी दिए।
असोज ४, २०७९ मंगलबार २०:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।