हरिण मारेकाे ल्याउँदै गर्दा एक पुरुष प्रक्राउ, दुई जना फरार

हरिण मारेकाे ल्याउँदै गर्दा एक पुरुष प्रक्राउ, दुई जना फरार

काठमाडौं: नवलपरासी पश्चिममा हरिण मारेर ल्याउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन्।

जिल्लाको सुस्ता गाउँपालिका-४ गोकुलनगर बस्ने ४३ वर्षीय मैनुदिन मुसलवानलाई हरिण (मृग) मारेर ल्याउँदै गरेको अवस्थामा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

मुसलवान समेतका ३ जनाले अवैध रूपमा पोथी जातको उक्त मृग मारेर ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी नर्सहीबाट खटिएको गस्ती प्रहरीले सुस्ता गाउँपालिका-४ तेह्र नम्बर ठोक्करमा मृत मृग सहित फेला पारी उनलाई पक्राउ गरेको हो।

हाल फरार रहेका अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

असोज ४, २०७९ मंगलबार १७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।