माइतीघरबाट राष्ट्रपतिलाई प्रश्न– ‘बुवाआमा नेपाली नागरिक, सन्तान अनागरिक कहिलेसम्म?’
काठमाडौंः नागरिकता विहीन संघर्ष समितिले नेपालले नागरिकता विधेयकलाई प्रमाणीकरण गर्नुपर्ने माग राख्दै माइतीघरमा प्रदर्शन गरेको छ।
समितिले राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट पास भएको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९ लाई राष्ट्रपतिले चाँडै प्रमामीकरण गर्नुपर्ने भन्दै प्रदर्शन गरेको हो।
उनीहरूले नागरिकता विधेयकमा राजनीति किन?, अनागरिक बनाउन पाइँदैन्, बुबाआमा दुवै नेपाली नागरिकका सन्तान अनागरिक कहिलेसम्म? नेपाली आमाको सन्तान अनागरिक कहिलेसम्म? लगायतका प्ले कार्ड, ब्यानरसहित प्रर्दशन गरेका थिए।
संघर्ष समितिका अध्यक्ष ईन्द्रजीत साफीले आफूहरू नेपाली नागरिकताविहीन हुँदा अनेकौं सास्ती भोग्नुपरेको बताउँदै नागरिकता नपाएर आफ्नै देशमा शरणार्थीको जीवन बिताइरहेको बताए।
नागरिकता नपाएर अध्ययन गर्न नपाएको र अध्ययन गरे पनि जागिर नपाएको उनको गुनासो छ। साफिले आफ्नो नामबाट सिम निकाल्न र बैंक खाता पनि खोल्न नपाएको बताए।
साफीले बुबाआमा नेपाली नागरिक रहेका सन्तानले नागरिकता पाउनुपर्छ भन्दै वर्षौंदेखि सडक संघर्ष गरे पनि सम्बन्धित निकायले ध्यान नदिएको बताए।
असोज ४, २०७९ मंगलबार १६:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।