दोहोरो अंकले घट्यो शेयर बजार, १ अर्ब २२ करोडको कारोबार

काठमाडौंः कारोबार हुने साताको तेस्रो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।
मंगलबारक नेप्से ३८.८१ अंकले घटेर १८३७.६० पुग्दा सेन्सेटिभ इन्डेक्स ७ अंकले घटेर ३५८.८७ विन्दुमा झरेको छ।
बजार घटेसँगै कारोबार रकम पनि घटेको छ। २३१ कम्पनीको ३० हजार १३५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २२ करोड ९६ लाखको कारोबार भएको छ।
उपसूचक समूहतर्फ सबै राताम्मे भएका छन्। सबैभन्दा बढी फाइनान्स ३.८३ प्रतिशतले ओरालो लाग्दा सबैभन्दा कम म्युचल फन्ड र अन्य समूह लगभग १ प्रतिशले घटेका छन्।
यसदिन हिमालयन डिस्टिलरी लिमिटेडको ५ करोड ६५ लाखको कारोबार हुँदा रिदी हाइड्रोपावरको ५ करोड ३५ लाखको कारोबार भएको छ।
असोज ४, २०७९ मंगलबार १५:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।