नेपाल वाल प्लास्टको दशैं सौगात योजना, ५२५ बोरा खरिदमा रियलमी सी३० मोबाइल

नेपाल वाल प्लास्टको दशैं सौगात योजना, ५२५ बोरा खरिदमा रियलमी सी३० मोबाइल

काठमाडौंः ड्राइ मिक्स मोर्टार उत्पादक नेपाल वाल प्लास्टले दशैं लक्षित ‘दशैं सौगात’ योजना ल्याएको छ।

‘निर्माण गुणस्तरमा, मोवाइल पकेटमा’ नाराका साथ यो योजना असोज ३ गते देखि कार्तिक १३ गते सम्मको लागि सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

योजना अन्तर्गत, प्रत्येक ५२५ बोराको खरिदमा पक्का उपहार स्वरूप रियलमीको सी३० मोबाइल प्रदान गरिनेछ। योजनाबाट कम्पनीका नयाँ तथा पुराना ग्राहक लाभान्वित हुने कम्पनीको अपेक्षा छ।

नेपाल वाल प्लास्टका वालप्लास्ट, ब्रिक फिक्सो, ब्लक फिक्स, टाइल फिक्स प्लोर तथा टाइल फिक्स वाल गरी पाँच वटै उत्पादनमा यो योजना लागू हुनेछ।

घर निर्माणमा बालुवाको गुणस्तर पनि उत्तिकै सजग हुनुपर्ने शिक्षालाई अझ विस्तृत रूपमा फैलाउन यो योजनाले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ।

असोज ४, २०७९ मंगलबार १४:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।