पोखरामा बैंकको एटिएम फुटाउँदै गर्दा युवक पक्राउ

पोखराः कास्कीको पोखरा महानगरपालिकामा बैंकको एटिएम फुटाउँदै गर्दा एक युवा पक्राउ परेका छन्।
महानगरको वडा नम्बर ६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक युवालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाल रहेका छन्।
एटिएम फुटाइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो।
उनको साथबाठ एक थान खुकुरी बरामद गरिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
असोज ४, २०७९ मंगलबार १४:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।