श्रेष्ठको अध्यक्षतामा कफ्सनमा नयाँ कार्यसमिति 

श्रेष्ठको अध्यक्षतामा कफ्सनमा नयाँ कार्यसमिति 

काठमाडौंः समुदायमा आधारित वन सहजकर्ता सञ्जाल (कफ्सन) नेपालले बिना श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। पाँचौं राष्ट्रिय महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

श्रेष्ठसहित उपाध्यक्षमा छिन्डुम मेनक्पा भोटे, महासचिवमा श्यामकृष्ण श्रेष्ठ, उपमहासचिवमा डिल्ली गिरि र कोषाध्यक्षमा सुदिल गोपाल आचार्य निर्वाचित भएका छन्।

यसैगरी कमल गौतमको संयोजकत्वमा ३ सदस्यीय अनुगमन समित गठन गरी वन क्षेत्रका सवालको सन्दर्भमा प्रतिवद्धता पत्र जारी गर्दै  कफ्सन नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो।

कार्यक्रममा सञ्जालकका देशभरका महाधिवेशन प्रतिनिधि र अन्य संघ संस्थाका प्रतिनिध पनि सहभागी थिए।

कार्यक्रमममा देशभर विभिन्न क्षेत्रमा रहेर वन क्षेत्रमा सहजिकरण गर्दै हालको स्थानीय तह निर्वाचन २०७९ निर्वाचित भएका जनप्रतिनिधीहरु सञ्जालका १३ जना सदस्य÷पदधिकारीलाई सम्मान पनि गरीएको थियो।

वन क्षेत्र र स्थानीय समुदाय बीचको अन्तर सम्बन्धका सवाल तथा सञ्जालको भावी कार्य दिशाको बारेमा समेत महाधिवेशनमा कार्यपत्र प्रस्तुत भएका थिए।

असोज ४, २०७९ मंगलबार १४:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।