क्यानडाको संसद्मा अन्तर्राष्ट्रिय गीता महोत्सव, नोभेम्बरलाई हिन्दू सम्पदा महिनाका रूपमा मनाउन जोड

क्यानडाको संसद्मा अन्तर्राष्ट्रिय गीता महोत्सव, नोभेम्बरलाई हिन्दू सम्पदा महिनाका रूपमा मनाउन जोड

एजेन्सी: क्यानडामा अन्तर्राष्ट्रिय गीता महोत्सव आयोजना गरिएको छ। क्यानडाको संसद्मा भदौ ३१ देखि असोज २ गते सम्म गीता महोत्सव आयोजना गरिएको भारत सेवाश्रम सङ्घ क्यानडाले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।

त्यस अवरसमा क्यानडाको संसद् हाउस अफ कमन्सका सदस्य चन्द्र आर्यले नोभेम्बरलाई हिन्दू सम्पदा महिनाका रूपमा मनाउने विधेयकमा जोड दिए। उनले क्यानडाको सामाजिक एवम् आर्थिक विकासमा हिन्दू क्यानेडियनले गरेको योगदान र क्यानेडियन समाजमा उनीहरूले गरेको सेवालाई क्यानडा सरकारले मान्यता दिनुपर्ने बताए।

महोत्सवको शोभायात्राबाट समापन गरिएको थियो।

असोज ४, २०७९ मंगलबार १२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।