चेन गेट फुटाएर सर्लाहीको हरिवनमा वडा कार्यालयमै चोरी !

चेन गेट फुटाएर सर्लाहीको हरिवनमा वडा कार्यालयमै चोरी !

सर्लाही: जिल्लाको हरिवन नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमै चोरी भएको छ। चोरी आइतबार राति भएको हो।

वडा कार्यालयमा रहेको इन्भर्टर, ब्याट्री, फोटोकपी मेसिन, वाइफाइ तार, मल्टिप्लग जस्ता विद्युतीय सामग्री चोरी भएको हो।

सात नम्बर वडाका अध्यक्ष निरध्वज कार्कीका अनुसार करिब एक लाख बराबरको सामग्री चोरी भएको छ। 'चेन गेटको फलाम फोडेर भित्र सचिवको कोठामा छिरेर चोरेको रहेछ', वडाध्यक्ष कार्कीले उकेरासँग भने।

वडाका कागजात तथा अन्य महत्त्वपूर्ण दस्ताबेज भने सुरक्षित रहेको वडाध्यक्ष कार्कीले बताए।

यता ईलाका प्रहरी कार्यलय हरिवनले घटनाको अनुसन्धान सुरु गरिसकिएको र चाेरीमा संलग्नलाई चाँडै कानूनी कारबाहीमा ल्याउने बताएको छ।

असोज ४, २०७९ मंगलबार १२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।