सुनको मूल्यमा उतारचढाव कायमै, आज तोलामा चार सयले बढ्यो

सुनको मूल्यमा उतारचढाव कायमै, आज तोलामा चार सयले बढ्यो

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा चार सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ।

यसअघि हिजो सुन आठ महिनायताकै सस्तो भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा पाँच रुपैयाँले महँगिएको हो। जसअनुसार चाँदीको मूल्य प्रतितोला एक हजार १८० रुपैयाँ कायम भएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार ६७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

असोज ४, २०७९ मंगलबार ११:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।